site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
क्रम्पटनको नयाँ वर्ष योजना सार्वजनिक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । होम अप्लाएन्स ब्रान्ड क्रम्पटनले नयाँ वर्ष, २०८१ लक्षित गर्दै क्रम्पटनको ‘नयाँ वर्षे जात्रा, उपहारसँग थाइलान्डको यात्रा’ नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले क्रम्पटनका विभिन्नहोम एप्लाएन्सको खरिदमालक्की ड्र मार्फत विशेष उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकहरूले यो योजनाको लाभ चैत्र २३ गतेदेखि सीमित अवधिका लागि नेपालभरी रहेका क्रम्पटनका अधिकृत विक्रेताबाट लिन सक्नेछन् ।

यो योजनाको अवधिभरी लक्की ड्रमार्फत हरेक साता एक ग्राहकलाई क्रम्पटनको सिलिङ फ्यान उपहार, हरेक महिना एक भाग्यशाली ग्राहकलाई माइडियाको साइड बाई साइड रेफ्रीजिरेटर साथै बम्पर उपहारस्वरूप एक जोडी थाइलान्ड जाने मौका प्रदान गर्ने बताइएको छ । 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  २३:२२
प्रतिक्रिया दिनुहोस्