site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपाको प्रदर्शनमा ‘बल प्रयोग’को कांग्रेसले गर्‍यो विरोध
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका क्रममा मंगलबार प्रहरीले ‘बल प्रयोग’ गरेको भन्दै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले विरोध जनाएका छन् ।

विज्ञप्ति जारी गरी पाण्डेले शान्तिपूर्ण आन्दोलनमा राज्यका तर्फबाट बल प्रयोग गरिनु दुःखद भएको उल्लेख गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा गरेको शान्तिपूर्ण जनप्रदर्शनमा राज्यको तर्फबाट बल प्रयोग हुनु दुःखद विषय हो । प्रदर्शनमा सहभागीहरूलाई लाठीचार्ज गर्ने, पानीको फोहोरा र अश्रुग्यास प्रहार गरी गम्भीर घाइते बनाइएको, केही सहभागीलाई पक्राउ गरिएकोप्रति नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ, “यस घटनाको घोर निन्दा गर्दै घाइतेहरूको उपचार गर्न र पक्राउ गरिएकाहरूको बिनासर्त तुरुन्त रिहाइको मागसहित घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”

wqefg-1712668227.jpg
 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्