site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्रीहरूले राजदूतलाई बोलाएर हारगुहार गर्दैमा वैदेशिक लगानी आउँदैन : भट्टराई
फाइल तस्बिर ।

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सरकारले तय गरेको लगानी सम्मेलनसम्बन्धी अवधारणामा नै असन्तुष्टि व्यक्त गरेका छन् । नेपालमा दुईवटा लगानी सम्मेलन सम्पन्न भएर पनि वैदेशिक लगानी सहज ढंगले आउन नसक्नुमा पुरानै ढाँचाको विकास नीति जिम्मेवार रहेको उनको भनाइ छ ।

सरकारले यही वैशाख १६ र १७ गते काठमाडौंमा तेस्रो लगानी सम्मेलनको आयोजना गर्दै छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आइतबार काठमाडौंमा आयोजित नेपालको आर्थिक–सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा भट्टराईले मन्त्रीहरूले राजदूतलाई बोलाएर हारगुहार गर्दैमा नेपालमा वैदेशिक लगानी भित्रिने सम्भावना नरहेको बताए ।

आधुनिक विकास नीति बनाएरमात्रै नेपालमा वैदेशिक लगानी भित्र्याउन सकिने उनको भनाइ छ । स्वदेशी श्रमको परिचालन गरेर अघि बढ्न सके वैदेशिक लगानी भित्र्याउन सहज हुने पूर्वप्रधानमन्त्री भट्टराईले बताए । उनले भारत र चीनजस्ता ठूला मुलुकलाई साथमा लिएर पनि नेपालले आवश्यक लगानी भित्र्याउन सक्ने दोहोर्‍याए ।

"मेरो राजनीतिक अर्थशास्त्रमा थोरै रुचि राख्ने भएकाले नेपालमा किन लगानी आइराखेको छैन भन्ने विषयलाई समग्रतामा नै हेर्नुपर्ने हो कि । सबैले भन्दा पनि किन आइराखेको छैन, कहाँ चुकेका छौँ हामी ? यसको अन्तर्यतिर बहस गर्नुपर्ने हो कि भन्ने मलाई लागेको छ," उनले भने ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  २३:३३
प्रतिक्रिया दिनुहोस्