site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीले अराजनीतिक निर्णय लियो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले अराजनीतिक निर्णय लिएको टिप्पणी गरेका छन् । सोमबार संसदीय दलको बैठकमा उनले राजनीति सही दिशामा गइरहेका बेला एकीकृत समाजवादीले त्यस्तो निर्णय गरेको बताए ।

“एकीकृत समाजवादी नामको पार्टीले अराजनीतिक निर्णय लियो,” ओलीले भने, “सही दिशामा राजनीति फर्कंदै थियो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दक्षिणपन्थी अवसरवादी चरित्र देखाएर निराशा थप्ने काम गरिएको उनले आरोप लगाए । एकीकृत समाजवादीको आन्तरिक रूपमा बोली, व्यवहार ‘बार्गेनिङ’ गर्ने खालको रहेको उनको भनाइ छ ।

“दक्षिणपन्थी अवसरवादी चरित्र नांगो ढंगले प्रकट भयो । कम्युनिस्ट साइन बोर्ड राख्ने, नेकपा ब्याकेटमा राख्ने र समाजवादको पक्षधरमा राख्ने काम सडकम देखियो,” ओलीले भने, “यसले केही फरक पार्नेवाला छैन ।”

सुदूरपश्चिममा एकीकृत समाजवादी केन्द्रीय गठबन्धनको निर्णयविपरीत उभिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्