site stats
बाह्रखरी :: Baahrakhari
देश
सडकमा निर्माण सामग्री छाड्नेलाई आजदेखि कारबाही 

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीलगायत सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि सडकमा निर्माण सामग्री छाड्नेलाई आजदेखि कारबाही हुने भएको छ । निर्माण काम सकेपछि ती स्थानलाई पहिलाको जस्तै नबनाई छाड्नेलाई पनि कारबाही गरिने महानगरले चेतावनी दिएको छ । 

निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री छाड्नाले आवागमन, सहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएकाले महानगरले कारबाही गर्ने निर्णय गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा जुनसुकै प्रकृतिको निर्माणकार्य सुरु गर्नुअघि निर्माणकार्य गर्ने व्यक्ति, निजी क्षेत्र, संघसंस्था, कम्पनी, जुनसुकै निकाय वा ठेक्का प्राप्त गर्ने व्यक्तिले अनिवार्य महानगरबाट स्वीकृति लिनुपर्नेछ । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा वातावरण संरक्षण ऐन, २०७६ तथा निर्माणसम्बद्ध कानुन र मापदण्डबमोजिम कारबाही हुने महानगरले स्पष्ट पारेको छ । तोकिएबमोजिमको काम नगर्नेलाई प्रचलित कानुनी व्यवस्थाअनुसार कडा कारबाही हुने महानगरले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०५:३८
प्रतिक्रिया दिनुहोस्