site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानको कराँचीमा आत्मघाती आक्रमण, चिनियाँलाई लक्षित गरिएको अनुमान
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कराँची । पाकिस्तानको कराँचीमा एक जापानी नागरिकको कारमाथि आत्मघाती आक्रमण भएको छ । सो घटनामा आक्रमणकारी मारिएको छ भने अन्य दुईजना घाइते भएका छन् । 

आक्रमण शुक्रबार बिहान भएको हो । प्रहरीका अनुसार जापानी नागरिक कारमा यात्रामा थिए । मिडियासँगको कुराकानीमा डीआईजी अजफर माहेसरले जनाएअनुसार आक्रमणकारीले जापानी नागरिकको कारको नजिकै आफैँलाई उडाइदिएको थियो । 

जापानी नागरिक केही पर भएकोले सुरक्षित रहन सकेका थिए । प्रहरीका अनुसार आक्रमण चिनियाँ नागरिकलाई लक्षित गरिएको अनुमान छ । बीबीसी

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्