site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायली आक्रमणबाट गाजामा ज्यान गुमाउनेको संख्या ३४ हजार नाघ्यो

गाजा । गाजा पट्टीमा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको संख्या ३४ हजार १५१ पुगेको हमास शासित गाजास्थित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ ।

मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, "इजरायली सेनाको आक्रमणमा पछिल्लो २४ घण्टामा ५४ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै १०४ जना घाइते भएका छन् ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत बर्षको अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामिक लडाकु समूह हमासले इजरायलको दक्षिणी सिमानामा एक्कासि आक्रमण गरी करिब एक हजार २०० जनाको ज्यान लिएको थियो भने २५० भन्दा बढी व्यक्तिलाई अपहरण गरेको थियो । 

मन्त्रालयको तथ्याङ्कअनुसार हमास आक्रमणको बदलामा जारी इजरायल–हमास द्वन्द्वमा मृत्यु हुनेको संख्या ३४ हजार १५१ पुगेको छ भने यस क्रममा ७७ हजार ८४ जना घाइते भएका छन् । 

भारी बमबारी र उद्धारकर्मीको अभावका बिच केही पीडितहरू भग्नावशेषमुनि रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सीमामा भएको हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमासविरुद्ध ठुलो मात्रामा आक्रमण सुरु गरेको थियो ।

जसमा लगभग १,२०० व्यक्तिको मृत्यु भएको थियो र २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो ।

(रासस/सिन्ह्वा)

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  २१:३०
प्रतिक्रिया दिनुहोस्