site stats
बाह्रखरी :: Baahrakhari
विदेश
६० वर्षीया मारिसालाई मिस युनिभर्स ब्युनस आयर्सको उपाधि
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ब्युनसआयर्स । ६० वर्षीया एलेजांन्द्रा मारिसा रोड्रीजले मिस युनिभर्स ब्युनस आयर्सको उपाधि जितेकी छन् । वकिल तथा पत्रकार रहेकी उनले उपाधि जितेपछि भनिन्, “म यो सुरुआत गर्ने पहिलो पिँढी हुँ,” 

ब्युटी कन्टेस्टमा नयाँ प्रतिनिधित्व गर्न पाएकोमा उत्साहित भएको उनले बताइन् । उनले भनिन्, “म ब्युटी कन्टेस्टमा नयाँ प्रतिनिधित्व गर्न पाएकोमा उत्साहित भएको छु । आज म एक नयाँ सुरुआत गर्न गइरहेको छु जहाँ महिला केवल शारीरिक सुन्दरतामा मात्र सीमित रहेनन् ।”

उनले अगाडिको योजना सुनाउँदै भनिन्, “म मिस युनिभर्स अर्जेन्टिना २०२४ मा हिस्सा लिन उत्साहित छु ।” पहिला यो प्रतियोगितामा भाग लिने उमेर १८ देखि २८ वर्ष तोकिएकोमा सेप्टेम्बर २०२३ मा युनिभर्स अर्गनाइजेसनले यो प्रतियोगितामा भाग लिने उमेरको हद हटाएको थियो । बीबीसी
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्