site stats
बाह्रखरी :: Baahrakhari
खेल
आईसीसी ट्वान्टी–२० विश्वकप : केन विलियम्सनको कप्तानीमा न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डको राष्ट्रिय टिमको घोषणा भएको छ । 

न्युजिल्यान्ड क्रिकेट बोर्डले सोमबार केन विलियम्सनको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको हो । विश्वकपका लागि घोषित टिममा औँलाको चोटका कारण मैदानबाट बाहिर रहेका डेविड कोन्वे पनि समेटिएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

टिममा कप्तान विलिम्सनसहित मार्क च्यापम्यान, फिन अलन, ट्रेन्ट बोल्ट, मिचेल ब्रिसवेल, डेवन कोन्वे, लकी फर्गुसन, मेट मेन्री, डार्यल मिचेल, जिम्मी निसम, ग्लेन फिलिप्स, रचिन रवीन्द्र, मिचेल सान्तनर, इस सोधी र टिम साउदी छन् ।

प्रतियोगिताको समूह ‘सी’ मा रहेको न्युजिल्यान्डले जुन ८ मा पहिलो खेल अफगानिस्तानसँग खेल्नेछ । यो समूहमा न्युजिल्यान्ड र अफगानिस्तानसँगै पपुवा न्युगिनी (पीएनजी), वेस्ट इन्डिज र युगान्डा छन् ।

ट्वान्टी–२० विश्वकप यसै वर्षको जुन १ देखि सुरू हुने तालिका छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्