site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
आईसीटीमा महिला : भिडियो प्रदर्शनीका लागि प्राधिकरणले माग्यो विवरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा काम गरिरहेका संघ संस्था र महिलाहरूसँग विवरण मागेको छ ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको आह्वानमा प्रत्येक बर्ष हुँदै आएको सूचना तथा सञ्चार प्रविधि (आईसीटी)मा महिला सहभागितासम्बन्धी कार्यक्रमका लागि प्राधिकरणले विवरण मागेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालमा पछिल्लो तीन वर्षमा किशोरी तथा महिलालाई लक्षित गरी आईसीटी क्षमता अभिवृद्धि गर्ने, जनचेतना अभिवृद्धि गर्ने, किशोरी तथा महिला सशक्तीकरणमा टेवा पुर्‍याउने काम गरिरहेका संघसंस्थालाई त्यसबारे जानकारी गराउन प्राधिकरणले माग गरेको छ । यस लिंकमा गएर प्राधिकरणलाई विवरण पठाउन सकिनेछ ।

यस्तै, महिलाहरुको नेतृत्वमा रहेका आईसीटी स्टार्टअप तथा प्रोजेक्टको प्रदर्शनी समेत भइरहेको प्राधिकरणले जनाएको छ । प्रदर्शनीमा सहभागी हुन यस लिंकमा गएर चार दिनभित्र विवरण उपलब्ध गराउनुपर्ने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्