site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्रीलाई सदनमा स्पष्ट पार्ने मौका दिनुपर्छ : एमाले 

काठमाडौं । नेकपा (एमाले)ले सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलक्षित गरी संसदीय छानबिन समिति बनाउन सम्भव नरहेको जनाएको छ ।

मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख दलका शीर्ष नेताबीचको छलफलपछि सञ्चारकर्मीसित एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, “कांग्रेस गृहमन्त्रीलक्षित रहेर समिति बनाऊँ भन्छ, त्यो सम्भव छैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले पहिले सदनमा गृहमन्त्रीको कुरा सुन्नुपर्नेमा जोड दिए । “अरूको कुरा सुन्ने सामर्थ्य कांग्रेसले राख्नुपर्छ । अनि मात्र कांग्रेसलाइ सुन्न सकिन्छ,” बर्तौलाले भने ।

छलफलका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् बैठकमा गृहमन्त्रीलाई त्यसबारे स्पष्ट पार्ने मौका दिनुपर्ने बताएका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्