site stats
बाह्रखरी :: Baahrakhari
खेल
खेलाडीहरूले झन्डै तीन करोड पुरस्कार पाउँदै, क्रिकेटले दुई करोड चार लाख पाउने 

काठमाडौं । सरकारले दुई करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको हो ।

यससँगै १९औँ एसियन गेम्सका पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आईसीसी मेन्स टी–ट्वान्टी वर्ल्ड कप फाइनल एसियामा दोस्रो भएको राष्ट्रिय क्रिकेट टिमले कुल दुई करोड चार लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । पन्ध्र खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देसाईले तीन लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही एक लाख ९५ हजार नगद पाउनेछन् ।

१९औँ एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्नेछिन् । प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले दुई लाख ३४ हजार, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवास गोपाल वैद्यले एक लाख ९५ हजार प्राप्त गर्नेछन् ।

एसियन गेम्समा रजत विजेता कराते टिमले कुल २५  लाख ३५ हजार प्राप्त गर्नेछ ।

एसियाली खेलकुदमा नै कबड्डीमा कांस्य जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टिमका १२ खेलाडीले जनही तीन लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले दुई लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही एक लाख ३० हजार प्राप्त गर्नेछन् । यसरी कबड्डी टिमले कुल ४८ लाख १० हजार नगद प्राप्त गर्नेछ ।

यसैगरी चौथो एसियाली पारा खेलकुद, २०२२ मा कास्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्नेछिन् । प्रमुख प्रशिक्षक कविराज नेगी लामाले दुई लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले एक लाख ३० हजार प्राप्त गर्नेछन् ।

खेलाडीहरूले लामो समयदेखि सरकारले घोषणा गरेको पुरस्कार पाउन सकेका थिएनन् । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलाडीहरूले बारम्बार गरेको अनुरोधलाई प्रमुख एजेन्डा बनाएर धैरै मिहिनेत गर्नुपरेको बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १८:४०
प्रतिक्रिया दिनुहोस्