site stats
बाह्रखरी :: Baahrakhari
विदेश
छुट्लिन् त चिनियाँ पत्रकार ? थुनामुक्त गराउन अधिकारकर्मीको दबाब

हङकङ । चार वर्षअघि कोभिड–१९को रिपोर्टिङ गरेबापत पक्राउ परेकी चिनियाँ पत्रकार झाङ्ग झान सोमबार रिहा हुने मिति तोकिएको छ । उनी वुहानमा फैलिएको कोरोनाको रिपोर्टिङ गर्दा पक्राउ परेकी थिइन् ।

रिपोर्टमार्फत् झगडा गराएको र समस्यालाई बढाइचढाइ गरेको आरोपमा अदालतको आदेशअनुसार मे २०२० मा चार वर्षको लागि उनी जेल गएकी थिइन् ।सोमबारको उनको रिहा हुने मितिलाई ध्यान दिँदै अधिकारकर्मी समूहले झाङ्गलाई निर्धारित समयमा रिहा गर्न आग्रह गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रिपोर्टर्स विदाउट बोर्डर (आरएसएफ)ले एक्समार्फत्  उनको बिनासर्त रिहाइको लागि चिनियाँ अधिकारीहरूलाई दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । 

४० वर्षीया ती महिला पत्रकारले जेलभित्रै पटक–पटक भोक हड्ताल गरेका कारण अधिकारकर्मीहरुले उनको स्वास्थ्य अवस्थाको बारेमा पनि चासो दिँदै आएका छन् । सीएनएन
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्