site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस संसदीय दलको बैठक बस्दै, के गर्ला निर्णय ?
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान बस्ने तय भएको कांग्रेस नेताहरूले बताएका छन् । हिजो नै बस्ने भनिए पनि बैठक आजका लागि सारिएको थियो ।  

सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसको आज बस्ने संसदीय दलको बैठक यसै विषयमा केन्द्रित हुनेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सोमबार साँझ वा मंगलबार बिहानसम्म कुर्ने भन्ने निर्णय भएर बैठक सारिएको हो । समिति बनिहाल्यो भने फरक निर्णय गर्नुपर्छ । समिति बनेन भने सदनमा झन् सशक्त बन्न कठोर निर्णय गर्नुपर्छ,” कांग्रेसका एक नेताले भने, “त्यो भनेको नीति कार्यक्रम पेस गर्न नदिने हो ।” 

सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै आएको कांग्रेसले छानबिनका निम्ति संसदीय समिति गठन नभए नीति तथा कार्यक्रम पेस गर्न नदिने निर्णय गर्ने चेतावनी दिँदै आएको छ । यसै विषयमा आजको बैठकले निर्णय गर्नेछ । 

आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम आज संघीय संसद्को संयुक्त बैठकमा पेस गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ०५:४१
प्रतिक्रिया दिनुहोस्