site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माधव नेपालको पीडा : बैठकमा बोलाइँदैन, पत्रपत्रिकाबाट थाहा पाउनुपरेको छ
फाइल तस्बिर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले संसद्को अतिरोध अन्त्य गर्ने विषयमा भइरहेको छलफलमा पार्टीलाई बेवास्ता गरिएको गुनासो गरेका छन् । बालकुमारीमा मंगलबारबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकमा उनले भइरहेका गतिविधिबारे पत्रपत्रिकाबाट थाहा पाउनुपरेको बताए । 

“कतिपय कुराको सन्दर्भमा हाम्रो पार्टीलाई सहभागी गराइएको छैन । यो पार्टीको के आवश्यकता छ भनेर हामीलाई बेवास्ता गर्ने गरिएको छ,” उनले भने, “संसद् चल्ने कि नचल्ने, अवरोध हटाउने कुराको सन्दर्भमा हामीले पत्रपत्रिकाबाट थाहा पाइरहेका छौं ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले वार्ता छ भन्ने जानकारी समेत नगराइएको बताए । “हामीलाई त्यस्ता वार्तामा बोलाइँदैन । जानकारी पनि गराइँदैन । यी हाम्रा पीडा र वेदना आफना ठाउँमा छ,” उनले बैठकमा भने ।  अध्यक्ष नेपालले सत्ताका लागि मरिहत्ते गर्ने कि स्वाभिमानलाई कायम राखेर अघि बढ्ने हो भन्ने कुरामा सोच्नुपर्ने आवश्यकता रहेको बताए । 

उनले दिनदिनै घटनाक्रम परिवर्तनका भइरहेकाले सोहीअनुसार निर्णय गरेर अघि बढ्नुपर्ने बताए । सुदूरपश्चिम, मधेस र वाग्मती प्रदेशमा के हुने भन्ने निश्चित नरहेको नेपालको भनाइ छ । अध्यक्ष नेपालले नीति तथा कार्यक्रमा अन्तिम समयमा कस्तो बन्यो भन्ने हेर्न नपाएको बताए । केही छलफलमा सहभागी भए पनि कस्तो बन्यो भनेर संसदीय दललाई जानकारी नदिएकाे गुनासो गरे ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्