site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अन्तर्राष्ट्रिय अदालतले रफाहमा आक्रमणसम्बन्धी विषयको सुनुवाइ गर्ने

द हेग । दक्षिण अफ्रिकाको अनुरोधमा संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय अदालतले इजरायलाई रफाहमा आक्रमण रोक्न आपत्‌लीन आदेश लागु गर्न बिहीबार र शुक्रबार सुनुवाइ गर्ने भएको छ ।

हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतले बिहीबार दक्षिण अफ्रिकाका वकिलहरूको तर्फबाट बयान सुन्ने र अर्को दिन इजरायलको प्रतिक्रिया बयान सुन्ने एक विज्ञप्तिमा बताएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस महिनाको सुरुमा प्रिटोरियाले रफाहमा भएको आक्रमणलाई लिएर इजरायललाई ‘तत्काल आफ्नो सैन्य आक्रमण बन्द गर्न’ आदेश दिन माग गर्दै अन्तर्राष्ट्रिय अदालतमा निवेदन दिएको थियो ।

यसले इजरायललाई गाजामा मानवीय सहायताको अवरोध हटाउन र यसको पहुँचलाई सहज बनाउन सबै प्रभावकारी उपायहरू अवलम्बन गर्ने आदेश दिन पनि अदालतलाई अनुरोध गरेको थियो ।

हालका दिनहरूमा लगभग चार लाख ५० हजार प्यालेस्टिनी र उत्तरी गाजाबाट करिब एक लाख सर्वसाधारण रफाहबाट विस्थापित भएको राष्ट्र संघीय एजेन्सीले बताउनुका साथै उक्त क्षेत्रमा कुनै ठाउँ सुरक्षित नरहेको चेतावनी दिएका छन् । 

इजरायली आधिकारिक तथ्यांकअनुसार इजरायलमा अक्टोबर ७ मा हमासको आक्रमण पछि सबैभन्दा रक्तपातपूर्ण गाजा युद्ध सुरु भएको हो । हमासको आक्रमणमा एक हजार १७० भन्दा बढी मानिसको मृत्यु भएको थियो । रासस/एएफपी

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  २३:२९
प्रतिक्रिया दिनुहोस्