site stats
बाह्रखरी :: Baahrakhari
विदेश
नाकाबन्दी लगाउन सक्ने अमेरिकी चेतावनीमा भारतको घुमाउरो जवाफ

नयाँ दिल्ली । भारत र इरानबीच दुई दिनअघि भएको एउटा बन्दरगाहसम्बन्धी सम्झौतालाई लिएर मंगलबार अमेरिकाले भारतलाई नाकाबन्दी लाग्न सक्ने चेतावनी दिएपछि भारतका विदेशमन्त्री एस जय शंकरले त्यसको प्रतिवाद गरेका छन् । 

उनले अमेरिकी चेतावनीबारेमा सोधिएको जिज्ञासामा भनेका छन्, “चाबहार बन्दरगाहसँग हाम्रो लामो समयदेखि सम्बन्ध रहेको छ । तर, हामीले सम्झौतामा हस्ताक्षर गर्न पाएका थिएनौँ । यसमा कयौं अड्चन थिए । हामी लामो अवधिको सम्झौता गर्न सफल भएका छौँ । यो लामो अवधिको सम्झौता जरूरी हुन्छ, किनकी यो बिना तपाईंले बन्दरगाहको सञ्चालन ठिक ढंगले गर्न सक्नुहुन्न ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले अगाडि भनेका छन्, ‘मैले देखेँ, केही टिप्पणी आएका छन् । तर, मलाई लाग्छ यो आपसमा संवाद गर्ने र बुझाउने कुरा हो । यो सम्झौता सबैको फाइदाको लागि भएको हो । मलाई लाग्दैन कि यसमा मानिसले संकीर्ण  दृष्टिकोण राख्नुपर्दछ । अमेरिकाले सधैँ यस तथ्यको सरहना गरेको छ । चाबहारको प्रासंगिकता छ, त्यसैले हामी यसमा काम गर्नेछौँ ।’

अमेरिकी विदेश मन्त्रालयका तर्फबाट मंगलबारको नियमित प्रेस भेटघाटका क्रममा सो मन्त्रालयका उपप्रवक्ताले भारत र इरानबीच भएको नयाँ सम्झौताले अमेरिकी प्रतिबन्धबाट छूट नपाउने बताएका थिए । यसको जवाफ भारतका तर्फबाट विदेशमन्त्री जयशंकरले घुमाउरो पारामा दिएका हुन् । बीबीसी
 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्