site stats
बाह्रखरी :: Baahrakhari
देश
अस्पताल भर्ना गरिएका डा. केसीको स्वास्थ्य अवस्था कस्तो छ ? 

काठमाडौं । २२औँ सत्याग्रहका क्रममा स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार साँझदेखि डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ । चारबुँदे माग राख्दै गएको वैशाख २९ गतेदेखि आमरण अनशनमा रहेका केसीलाई बुधबारदेखि प्रेसर लो तथा शरीरमा ग्लुकोजको मात्रा कम हुने समस्या देखिएको थियो । 

अस्पताल भर्ना गरिएको डा. केसीको स्वास्थ्य अवस्था बिहीबार भने केही सामान्य भएको छ । शिक्षण अस्पतालका सूचना अधिकारी बाबुकृष्ण श्रेष्ठका अनुसार क्याबिन राखेर उनलाई अहिले स्लाइन र केही औषधि चलाइएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डा. केसीको मुटुको चाल बढी देखिएको छ भने प्रेसर लो र कमजोरी पनि देखिएको छ । समग्रमा उनको स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिए । उनको स्वास्थ्य निगरानीका निम्ति डा. सुवास आचार्यको नेतृत्वमा पाँच सदस्यीय स्वास्थ्यकर्मीको टोली खटाइएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा, सबै नेपालीलाई गुणस्तरीय साथै निःशुल्क औषधि उपचारको व्यवस्था हुनुपर्ने, एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी ऐन पारित हुनुपर्ने तथा कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरूलाई तत्काल कारबाही गर्नुपर्ने माग राख्दै डा. केसी २२औँ सत्याग्रहमा बसेका हुन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्