site stats
बाह्रखरी :: Baahrakhari
कला
तीन हप्तामा ‘बोक्सीको घर’ले कति गर्‍यो ग्रसकलेक्सन ?

काठमाडौं । चलचित्र ‘बोक्सीको घर’ले तीन हप्तामा १० करोड ग्रसकलेक्सन गरेको छ । वैशाख १४ गतेबाट रिलिज भएको चलचित्रले तीन हप्तामा १० करोड ग्रस कलेक्सन गरेको हो । 

“तीन हप्ता एक दिनमा बोक्सीको घरले १० करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ,” वितरक प्रचण्डमान श्रेष्ठले बाह्रखरीसँग भने, “गत शुक्रबारसम्मको ग्रसकलेक्सन १० करोड रहेको छ ।” अहिले पनि यो चलचित्र उच्च अकुपेन्सीसहित प्रदर्शनरत छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा केकीसँगै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

केकी अधिकारी फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमामा निर्माताका रूपमा केकीका बुवा बद्री अधिकारी रहेका छन् । राज घिमिरे कार्यकारी निर्माता हुन् ।

“यो सिनेमा नयाँ मेकरका लागि इन्करेजमेन्ट पनि हो । मिहिनेत गरेर आफ्नै विषयमा राम्रो सिनेमा बनायो भने हुनेरहेछ भन्ने सन्देश यो सिनेमाले दिएको छ,” निर्देशक समेत रहेका प्रचण्डमानले भने, “विषयप्रधान सिनेमाले पनि राम्रो ब्यापार गर्छ भन्ने यो उदाहरण पनि हो । तर यसो भन्दैमा जस्तोसुकै सिनेमा बनायो भने त्यो चल्दैन भन्ने पनि हेक्का हुनुपर्छ ।” 
 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १०:२४
प्रतिक्रिया दिनुहोस्