site stats
बाह्रखरी :: Baahrakhari
देश
पशुपतिनाथमा चढाइएको भेटी चोर्ने कोषका कर्मचारीसहित आठजना पक्राउ
फाइल तस्बिर ।

काठमाडौं । पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठजना रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सीसी क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ,” उनले भने । 

परियार पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताए । रासस

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  २३:३७
प्रतिक्रिया दिनुहोस्