site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
छानबिन समितिको कार्यादेशबारे कस्ता विकल्प ?   

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेशका विभिन्न विकल्पमा छलफल गरिएको बताएका छन् ।

कार्यादेश तयार पार्न गठित कार्यदलका संयोजक समेत रहेका गिरीले व्यक्तिलाई कारबाही र बचतकर्ताको रकम समेत फिर्ता हुने गरी अगाडि बढ्ने विषयमा छलफल गरिएको जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सहकारीको बचत अपचलन भएको विषयलाई प्रभावकारी ढंगले छानबिन गर्ने । त्यसमा कसले कहाँबाट कसरी अपचलन गरेको छ, ती व्यक्ति कारबाही गर्ने कुराको सुनिश्चितता हुने,” मंगलबार बिहान सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि उनले भने, “बचतकर्ताहरूको बचतको पनि सुनिश्चितता हुने, यसलाई वरिपरि राखेर कार्यादेश निर्माण गर्ने भन्ने भएको छ ।”

कार्यदलको आजको बैठकमा यसअघिभन्दा सकारात्मक छलफल भएको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्