site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हेक्का रहोस्, प्रश्न रोक्न यस्ता असफल प्रयास धेरैपटक भएका हुन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई बदनियतपूर्ण ढंगले प्रतिशोध पूरा गर्न पक्राउ गरिएको टिप्पणी गरेका छन् ।

मंगलबार साँझ प्रहरीले थापाथलीस्थित कान्तिपुरको मुख्यालयबाटै सिरोहियालाई पक्राउ गरेपछि सांसदसमेत रहेका थापाले सामाजिक सञ्जालबाट

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

फेसबुकमा उनले लेखेका छन्, "प्रस्ट छु, कानुनभन्दा माथि कोही छैन र हुँदैन । गल्ती गरेको छ भने जुनसुकै तहको जो सुकै होस्, जतिसुकै शक्तिशाली होस् सजायको भागिदार हुनुपर्छ । म यसमा पनि प्रस्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानुन विपरीतको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो बदनियतपूर्ण ढंगले प्रतिशोध पूरा गर्न गरिएको बहाना मात्र हो । मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो । आफूमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरंकुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरैपटक भएका हुन्– हेक्का रहोस् ।"

यसअघि सिरोहियाका दुईवटा नागरिकता रहेको भन्दै गृह मन्त्रालयले अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएलगत्तै धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । 

धनुषा प्रहरीको अनुरोधमा उपत्यका अपराध कार्यालयका एसपी रवीन्द्र रेग्मीको कमान्डमा कान्तिपुरको हेडक्वाटर पुगेको प्रहरी टोलीले सिरोहियालाई मंगलबार साँझ पक्राउ गरेको हो ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  २१:४२
प्रतिक्रिया दिनुहोस्