site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सत्ताको चरम दुरुपयोग गरेर सिरोहियालाई पक्राउ गरियो : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई 'सत्ताको चरम दुरुपयोग' गरेर पक्राउ गरिएको टिप्पणी गरेका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालबाट लिङ्देनले गलत समय र गलत तरिकाबाट सिरोहियालाई गिरफ्तार गरिएको बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"कान्तिपुर  प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियामाथिको अभियोगका सम्बन्धमा न्यायिक निरुपण हुने नै छ । तर, सरकारबाट जुन समय र तरिकाबाट सिरोहियालाई गिरफ्तारी गरियो सर्वथा अनुपयुक्त छ," उनले भनेका छन्, "कान्तिपुरले लगाताररूपमा सहकारी ठगी सम्बन्धमा प्रकाशित गर्दै आएका प्रमाण र तथ्यहरूलाई असत्य सावित गरेर देखाउनुपर्नेमा यस प्रकारको गिरफ्तारी सत्ताको चरम दुरुपयोग हो ।"

यसअघि सिरोहियाका दुईवटा नागरिकता रहेको भन्दै गृह मन्त्रालयले अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएलगत्तै धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । 

धनुषा प्रहरीको अनुरोधमा उपत्यका अपराध कार्यालयका एसपी रवीन्द्र रेग्मीको कमान्डमा कान्तिपुरको हेडक्वाटर पुगेको प्रहरी टोलीले सिरोहियालाई मंगलबार साँझ पक्राउ गरेको हो ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  २२:१५
प्रतिक्रिया दिनुहोस्