site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सक्षम न्यायपालिका र स्वतन्त्र प्रेस एक अर्काका परिपूरक : प्रधानन्यायाधीश श्रेष्ठ
फाइल तस्बिर ।

धुलिखेल । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सक्षम न्यायपालिका र स्वतन्त्र प्रेस एक अर्काका परिपूरक हुने बताएका छन् । सर्वोच्च अदालत र न्यायिक पत्रकार मञ्चले गरेको कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले यी दुईको स्वतन्त्र र व्यावसायिक अस्तित्वले नै लोकतन्त्र र विधिको शासन बलियो हुने बताए ।

"हामी सबैलाई थाहा छ, न्यायपालिका र स्वतन्त्र सञ्चारमाध्यमबिना लोकतन्त्र सबल बन्न सक्दैन," प्रधानन्यायाधीश श्रेष्ठले भने, "स्वतन्त्र न्यायपालिकाबिनाको प्रेस स्वतन्त्रता वा स्वतन्त्र प्रेसबिनाको न्यायपालिका परिकल्पना गर्न सकिँदैन ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले न्यायपालिकाको संवेदनशील काम कारबाहीमा पत्रकारिता क्षेत्रले व्यावसायिकता नअपनाइदिने र  संवेदनशील नभइदिने हो भने यसले न्यायपालिकाको आस्था र विश्वास घटाउन सक्नेतर्फ सचेत गरे ।

"न्यायपालिकाको संवेदनशीलता सञ्चारमाध्यमले ध्यान दिनु वाञ्छनीय हुन्छ । किनभने न्यायपालिकाका कामकारबाहीका समाचारकै आधारमा न्यायपालिकाप्रतिको दृष्टिकोण निर्माण हुने हुँदा प्रेस जिम्मेवार र संवेदनशील हुनुपर्छ," श्रेष्ठले भने, "न्यायपालिकाको विचाराधीन मुद्दा प्रभावित हुने गरी वा न्यापालिकाको आस्था घट्ने गरी प्रेसले अघि बढ्नु हुँदैन ।"

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  २०:३९
प्रतिक्रिया दिनुहोस्