site stats
बाह्रखरी :: Baahrakhari
देश
५१ कर्मचारी वर्षैभरि काजमा राखेर स्वास्थ्यले खुवायो साढे तीन करोड तलब भत्ता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५१ जना कर्मचारीलाई वर्षैभरि काजमा राखेर साढे तीन करोडभन्दा धेरै तलब भत्ता भुक्तानी गरेको पाइएको छ ।

महालेखापरीक्षकको ६१औँ प्रतिवेदनले प्रदेश र स्थानीय तहमा समायोजन भएका ५१ कर्मचारीलाई काजमै राखेर तीन करोड ५७ लाख ८३ हजार रुपैयाँ तलब भुक्तानी गरेको उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, प्रदेश र स्थानीय तहमा दरबन्दी रहेका ८५ जनालाई वीर अस्पतालमा काजमा राखेर आठ करोड ९४ लाख १६ हजार रुपैयाँ तलब भत्ता भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

स्वास्थ्य सेवा ऐन, २०५२ अनुसार एक वर्षमा ३० दिनभन्दा बढी काजमा बस्न नखटाउने व्यवस्था छ ।

यस्तै, कर्मचारी समायोजन ऐन, २०७५ मा २१ दिनभित्र खटाइएको कार्यालयमा हाजिर हुनुपर्ने उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १८:५९
प्रतिक्रिया दिनुहोस्