site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बेलायतको विपक्षी दललाई १२१ विजनेस नेताको साथ

लन्डन । बेलायतको विपक्षी पार्टी लेबरको आर्थिक योजनालाई दर्जनौँ विजनेस नेताहरूले ऐक्यबद्धता जनाएका छन् । जुलाई ४ को निर्वाचनलाई उनीहरूले परिवर्तनका लागि समय भन्दै विपक्षी पार्टीको नीतिलाई समर्थन गरेका हुन् । 

मंगलबारको टाइम्स न्युज पेपरमा प्रकाशित एक चिठीमा १२१ जना विभिन्न कम्पनीका संस्थापक, प्रमुख कार्यकारी अधिकृत, आर्थिक सेवा तहका पूर्व नेतृत्वपंक्ति तथा खुद्रा एवं उत्पादन फर्मले विपक्षी लेबर पार्टी परिवर्तन भएको र यसले दीर्घकालीन वृद्धिका लागि विजनेससँग काम गर्न चाहेको जनाएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसरी हस्ताक्षर गर्ने विजनेश नेताहरूमा टिभी चेफ एन्ड रेस्टुरेटर टोम केरिज,  हिथ्रो एयरपोर्टका पूर्व कार्यकारी प्रमुख जोहन होलान्ड काये, जेडी स्पोर्टका चेयरम्यान एन्ड्रियु हिगिन्सन र विकिपिडियाका संस्थापक जीम्मी वेल्स  लगायतका छन् । 

बेलायतको निकै ठूलो पीटीएसई कम्पनीका सीईओले चुनावको समयमा कसैको पक्ष लिन अस्वीकार गरेका छन् ।बीबीसी
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्