site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रुसमाथि आक्रमण गर्ने पश्चिमी हतियारको ‘गम्भीर परिणाम’ हुने पुटिनको चेतावनी

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगगलबार पश्चिमी मुलुकहरूले युक्रेनलाई रुसमाथि आक्रमण गर्न आफ्नो हतियार प्रयोग गर्न अनुमति दिए ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका छन् ।

युक्रेनलाई रुसभित्र निशानाहरूमा आक्रमण गर्न अनुमति दिने माग गर्ने नाटो सदस्य मुलुकहरूको आह्वानको जवाफमा उज्बेकिस्तानमा पुटिनको उक्त टिप्पणी आएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यो लगातार वृद्धिले गम्भीर परिणाम निम्त्याउन सक्छ”, उनले भने, “युरोपमा विशेषगरी साना मुलुकहरूमा उनीहरूले के खेलिरहेका छन् भन्नेबारेमा सचेत हुनुपर्छ ।”

उनले युरोपेली मुलुकहरूका ‘साना क्षेत्र’ र ‘बाक्लो जनसङ्ख्या’ लाई नेताहरूले ध्यानमा राख्नुपर्ने बताए । “र यो कारक, जुन उनीहरूले रुसी भू–भागमा गहिरो प्रहार गर्ने कुरा गर्नुअघि दिमागमा राख्नुपर्दछ, यो गम्भीर कुरा हो, उनले भने ।”

युक्रेनले आक्रमण गरे पनि यसको जिम्मेबारी हतियारको पश्चिमी आपूर्तिकर्ताको हुने उनले भने । “उनीहरू विश्वव्यापी द्वन्द्व चाहन्छन्”, उनले भने ।

पश्चिमी सैन्य प्रशिक्षकहरू पहिलादेखि नै युक्रेनमा भाडाका सैनिकका रूपमा गोप्यरूपमा काम गरिरहेका र फ्रान्स जस्तो मुलुकहरूले उनीहरूलाई आधिकारिकरूपमा पठाउँदा अर्को ‘वृद्धि’ हुने आफूले विश्वास गरेको उनले बताए । “यो युरोपमा गम्भीर द्वन्द्वतर्फ, विश्वव्यापी द्वन्द्वको दिशामा अर्को कदम हो”, उनले भने ।

युक्रेनका शीर्ष कमान्डरले मुलुकमा सैन्य प्रशिक्षक पठाउने विषयमा फ्रान्ससँग कुराकानी भइरहेको सोमबार घोषणा गरेका थिए ।

“त्यहाँ भाडाको सैनिकको आडमा विशेषज्ञहरू छन्, यो कुनै नयाँ कुरा थिएन”, पुटिनले भने, “उनीहरू रुसी सेनाद्वारा पराजित हुनेछन् र युक्रेनको भू–भागमा जोसुकै भए पनि हामीलाई आवश्यक लागेको हामी गर्नेछौँ, उनीहरू यसबारे सचेत हुनुपर्छ ।” रासस/एएफपी

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  २३:४७
प्रतिक्रिया दिनुहोस्