site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अदालतले मानेन केजरीवाललाई थप जमानत दिन

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको अन्तरिम जमानत बढाउने याचिकालाई इन्कार गरेको छ ।

कानुनी मामिलामा रिपोर्ट गर्ने वेबसाइट लाइभ ल का अनुसार सर्वोच्च अदालतले भनेको छ, “गिरफ्तारीको चुनौती दिने याचिकाको फैसला सुरक्षित छ । यो एक्सटेन्सन याचिकाको मुख्य याचिकासँग कुनै सम्बन्ध छैन ।’

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

केजरीवाल दिल्लीको रद्द भइसकेको मदिरा नीतिमा जोडिएको मनी लाउन्डरिङ केसमा अन्तरिम जमानतका कारण थुना बाहिर रहेका छन् । उनको जमानत जुन १ बाट सकिँदैछ । 

केजरीवालले सर्वोच्चको याचिका दायर गरेर लोकसभा चुनावको क्रममा प्रचार गर्नका लागि अन्तरिम जमानत मागेको थियो । मे १० को सर्वोच्चको अन्तरिम जमानत मिलेपछि उनी तिहाडबाट बाहिर आएका हुन् । उनलाई २१ मार्चमा गिरफ्तार गरिएको थियो । बीबीसी
 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्