site stats
बाह्रखरी :: Baahrakhari
देश
महानगरलाई सडक डिभिजनको दुईदिने अल्टिमेटम, अन्यथा कारबाही थाल्ने चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम नरोकेपछि सडक डिभिजन काठमाडौंले दुईदिने अल्टिमेटम दिएको छ ।

आज एक पत्रमार्फत सडक विभागअन्तर्गतको सडक डिभिजन काठमाडौंले दुई दिनभित्र सडक पुनर्स्थापना गर्न भनेको छ । अन्यथा कारबाही गर्ने डिभिजनको चेतावनी छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"यस कार्यालयको कार्य क्षेत्रभित्र सहमतिबिना कुनै पनि काम नगर्न नगराउनु हुन भनी अनुरोध गरिए तापनि बिनासहमति न्युरोडस्थित जुद्ध सालिक इन्द्रचोक सडक खण्डमा सडक खन्ने तथा भत्काउने काम भएको हुँदा तुरुन्त रोकी सडक दिन भित्र पुनर्स्थापना गरिदिनु हुन अनुरोध छ," पत्रमा भनिएको छ ।

अन्यथा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाही प्रक्रिया अगाडि चेतावनी पत्रमा दिइएको छ ।

"नेपालको प्रचलित कानुनभन्दा ठूलो कोही नहुने र प्रचलित कानुन अक्षरशः पालना गर्नु पर्ने कर्तव्य एवं दायित्व सबैको हुने कुरा तहां महानगरपालिकालाई विदितै छ । तसर्थ, तहाँबाट भत्काइएको सडकखण्ड दुई दिनभित्र पुनर्स्थापना गरिदिनु हुन अनुरोध छ," पत्रमा थप लिएको छ ।

Sadak-Div-1716998510.jpg
 

 

 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  २१:५६
प्रतिक्रिया दिनुहोस्