site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यात्रा अनुमति प्राप्त नगरेका हातहतियार घर बाहिर लैजान प्रतिबन्ध 
फाइल तस्बिर

काठमाडौं । सरकारले कानुनबमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू घर बाहिर लैजान निषेध गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रचलित कानुनबमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजतबाहकले घर बाहिर लैजान नपाउने गरि निषेध गरिएको जानकारी दिइन् ।

यात्रा अनुमति प्राप्त गरेका हातहतियारसमेत तोकिएको स्थानमा लैजान नपाउने गरी निषेध गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकले नेपाल र चीन सरकारबीच हुने भूकम्पीय अनुसन्धानसम्बन्धी समझदारीपत्र स्वीकृत गर्दै उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न उद्योग मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरेको छ । 

विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराललाई मनोनयन गर्ने निर्णय गरेको बैठकले त्रिभुवन विश्वविद्यालयको नाममा विभिन्न ठाँउमा रहेको जग्गामध्ये पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र रहेको जग्गाको अध्ययन अनुसन्धान तथा छानबिन एवं अचल सम्पत्तिको खोज र लगत संकलन गरि प्रतिवेदन पेस गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेकोे प्रवक्ता शर्माले जानकारी दिइन् । 

उनले मुलुकको आर्थिक अवस्थाका कारण बजेटमार्फत कर्मचारीको तलव बृद्धि गर्न नसकिएको बताइन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्