site stats
बाह्रखरी :: Baahrakhari
देश
सफारी जीप दुर्घटना हुँदा ६ पर्यटक घाइते
प्रतीकात्मक तस्बिर ।

चितवन । पर्यटक बोकेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । खैरहनी नगरपालिका–१२, दराई तालनजिक कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्ज जाने क्रममा जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, ना४च ८८५५ नम्बरको सफारी जीप अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते सबै भारतको मुम्बई, बेन्डाली थानाका बासिन्दा हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

घाइते हुनेमा ५२ वर्षीया सुस्मिता सुदेश खाडिया, ७४ वर्षीय रेखारामचन्द्र जादव, ६० वर्षीय सुदेशशंकर खाडिया, ६४ वर्षीय विजय मोरे, ५८ वर्षीया वैशाली गुप्तेश्वर र ६२ वर्षीय पंकज गुप्तेश्वर छन् । रत्ननगर र भरतपुरका अस्पतालमा घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चालक चितवनकै रत्ननगर नगरपालिका–४ का ४५ वर्षीय सन्तकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १९:०९
प्रतिक्रिया दिनुहोस्