site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बजेटको छलफलमा गुरुङले भने– नेपालमा  हनिमुन सिटी पनि बनाऊ  

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद धनराज गुरुङले बजेटले निर्धारण गरेको १२ खर्ब ६० अर्ब राजस्व उठाउन गाह्रो छ भन्नुभन्दा पनि कसरी उठाउन सकिन्छ भनेर सकारात्मक व्याख्या र छलफल हुनुपर्ने बताएका छन् । 

सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफलमा बोल्दै उनले आफू कानुनमन्त्री हुँदैको बखत आगार्मी आर्थिक वर्षमा यति राजस्व उठाउने छलफल भएको बताए । गाँजा खोतीका विषयमा आफू कानुनमन्त्री हुँदै कानुन बनाउन पहल गरेको भन्दै उनले गाँजा खेती गरेर औषधिजन्य उत्पादन गर्नुपर्ने भन्दै गाँजा खेती बन्द गर्ने कार्य सय प्रतिशत गलत भएको उल्लेख गरे । “म मन्त्री बन्दा पटकपटक कानुन बनाएर ल्याउनुहोस् भन्दा ल्याउनुभएन । यदि कानुन बनाएर जाने हो भने गाँजा खेतीबाट दुई खर्ब राजस्व वृद्धि हुन्छ,” उनले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

घरेलु मदिरासम्बन्धी कानुन बनाएर ब्रान्डिङ गर्न सके दुई खर्ब राजस्व उठ्ने भन्दै कानुन नबनाउने तर, हात फैलाउन भने तयार हुने भन्ने प्रश्न उनको थियो । जडिबुटीको खेतीको विषयमा पनि कानुन बनाउन सके राजस्व संकलन वृद्धि हुने उनको भनाइ थियो । यसबाट पनि थप दुई खर्ब राजस्व उठ्ने उनको दाबी थियो । “यदि यसरी जाने हो भने १२ होइन १९ खर्बभन्दा बढी राजस्व उठ्छ । हुँदैन भन्ने प्रवृत्ति अन्त्य गरौँ,” उनले भने । 

पूर्वकानुनमन्त्री समेत रहेका गुरुङले धार्मिक, सांस्कृतिक, खेलकुदलगायत पर्यटनको सम्भावना रहेको बताए । उनले जनकपुरमा विवाह हब, लुम्बिनीमा वर्थिङ हब बनाउने भए हनिमुन सिटी पनि थप गर्नुपर्ने उल्लेख गरे । “हनिमुन हबको कमी भयो । कही न कही बनाऊ । चितवनको सौराहालाई हनिमुन सिटी बनाऊ । चितवन, रारा ताल क्षेत्रमा बनाउन,” उनले भने ।

उनले 'नो नट अगेन भ्युटावर' अभियान नै चलाउनु पर्ने उल्लेख गरे । भिजन, मिसन र कमिट्मेन्ट लिडरमा चाहिने भन्दै १० प्रतिशत बढीको जीडीपीको बनाउन सकिने कुरा अघि सारे । “काठमाडौं–सगरमाथा चुम्बकीय रेलमार्ग किन नबनाउने ? असम्भव भन्ने हुँदैन,” उनले भने । 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्