site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लिङ्देनको प्रश्न– सागसब्जीमा विषादी जाँच गर्ने विषय बजेटमा किन आएन ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बजेटले आशा जगाउन नसक्ने बताएका छन् ।

आउँदो वर्षको बजेटमाथिको छलफलमा त्यस्तो छलाङ मार्न नसकिने बताए । “बजेट गिजोल्नुभएको छैन । सकेसम्म सबैको चित्त बुझाउने, कार्यकर्ताको लागि ठाउँ राख्नुभएको छ,” उनले भने, “अर्थतन्त्रको जे अवस्था हो । यो बजेटले हामीलाई छलाङ मार्न, हामी सुध्रियौँ, देश सुधारतर्फ गयो भन्ने आशा जगाउने काम चाहिँ गर्न सक्दैन ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले हरेक वर्ष ऋणमा पर्दा एउटा परिवारमा त छलफल हुने भन्दै बजेट बनाउने कुरामा छलफल नगरिएको बताए । उनले फरक ढंगले सोचेर कार्यक्रम ल्याउन नसकेको बताए । सार्वजनिक खर्च कसरी घटाउनेतर्फ ध्यान नपुगेको उनको भनाइ छ । विद्युतीय सवारीमा लगाएको कर फिर्ता लिए राम्रो हुने बताए । 

लिङ्देनले निजी क्षेत्रका रुग्ण उद्योग चलाउन चाहे बाटो खुलाएको भए उचित हुने बताए । द्वन्द्वका बेला बन्द भएको उद्योग चलाउन सरकारले सामान्य प्रक्रियामा पनि उदारता नदेखाएको टिप्पणी गरे । उनले सागसब्जीमा विषादी जाँच गर्ने विषय बजेटमा किन समावेश गरिएको भनि प्रश्न गरे ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्