site stats
बाह्रखरी :: Baahrakhari
खेल
पावर प्लेमा नेपालको खराब सुरुआत, २९ रन बनाउँदा गुमायो दुई विकेट 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङमा नेपालले खराब सुरुआत गरेको छ । 

अमेरिकाको टेक्सासस्थित ड्यालसमा टस हारेर ब्याटिङमा आएको नेपालले ६ ओभरको खेल सकिँदा दुई विकेट गुमाएर २९ रन बनाएको छ । 

हाल क्रिजमा रहेका कप्तान रोहितकुमार पौडेल ६ र अनिल साह आठ रनमा खेलिरहेका छन् । त्यसअघि नेपालले आसिफ सेखलाई चार र कुशल भुर्तेललाई सात रनमा गुमाएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २२:२१
प्रतिक्रिया दिनुहोस्