site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युरोपेली चुनावमा पार्टीको हारपछि बेल्जियमका प्रधानमन्त्रीकाे राजीनामा घाेषणा

ब्रसेल्स । बेल्जियमका प्रधानमन्त्री अलेक्ज्यान्डर डे क्रुले आइतबार सम्पन्न राष्ट्रिय र युरोपेली संसदीय चुनावमा आफ्नो पार्टीको हारपछि राजीनामाकाे घाेषणा गरेका छन् । आइतबार राति ब्रसेल्समा राजीनामाकाे घोषणा गर्दा आँसु रोक्न गाह्रो भएको भन्दै उनले उपलब्ध नतिजा आफूले आशा गरेको नतिजा नभएको बताए । । 

भोलिसम्म प्रधानमन्त्रीको पदबाट राजीनामा दिने र वर्तमान मामिलामा पूर्णरूपमा ध्यान केन्द्रित गर्ने उल्लेख गरेको सिएनएनले जनाएको छ । आरटीबीएफको मतदानलाई उद्धृत गर्दै सिएनएनले डि क्रूको ‘ओपन भीएलडी’ पार्टीले युरोपेली संसदमा ५.८ प्रतिशत मत प्राप्त गरेको र यो राम्रो प्रदर्शन नभएको जनाएको छ । 

आरटीबीएफको सर्वेक्षणले अति दक्षिणपन्थी ‘भ्लामस बेलाङ पार्टी’ र ‘फ्लेमिश नेसनलिस्ट (एनभीए) पार्टीले क्रमश: १४.८ प्रतिशत र १४.२ प्रतिशत मतका लागि बराबरी रहेको देखाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राजीनामाको घोषणा गर्दै डी क्रूले बेल्जियमलाई आफ्नो कार्य लिन सक्ने पूर्ण शक्तिको नयाँ सरकार चाहिने विश्वासलाई जोड दिँदै आफ्नो उत्तराधिकारीलाई शक्तिको ‘उचित हस्तान्तरण’ गर्ने प्रतिवद्धता जनाए ।  

सिएनएनका अनुसार युरोपेली संघका २७ सदस्य राष्ट्रहरूमा मतदान हाललाई बन्द भएको छ भने अन्तिम मतदान इटालीमा भएको थियो ।

युरोपेली संघको चुनावले विश्वको दोस्रो ठूलो लोकतान्त्रिक अभ्यासको प्रतिनिधित्व गर्दछ, जुन परिमाणको हिसाबले भारतको चुनावभन्दा पछाडि छ । युरोपेली संघमा लगभग ४० करोड मतदाताहरूले आर्कटिक सर्कलदेखि अफ्रिका र एसियाको सिमानासम्म फैलिएको युरोपेली संसद्‌का ७२० सदस्यहरू चयन गर्नेछन् । 

यी चुनावको नतिजाले जलवायु परिवर्तन, रक्षादेखि आप्रवासन र चीन र संयुक्त राज्य अमेरिकाजस्ता प्रमुख वेश्विक राजनीतिक खेलाडीसँग अन्तर्राष्ट्रिय सम्बन्धसम्मका विश्वव्यापी मुद्दामा नीति निर्धारण गर्नेछ ।

सन् २०१९ को पछिल्लो युरोपेली चुनावदेखि भूराजनीतिक गतिशीलता उल्लेखनीय रूपमा परिवर्तन भएको छ ।

रूसले युक्रेनमा गरेको आक्रमणले युरोपेली संघको किनारमा द्वन्द्व ल्याएको छ, जसले यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न संघको भूमिकालाई जोड दिएको छ । युरोपेली संघमा सामेल हुन चाहने युक्रेनले भू–राजनीतिक जटिलतालाई थप जोड दिन्छ । रासस/एएनआई

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्