site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘झापादेखि इटहरीसम्मको रेलवेमा परेको जग्गाको मुआब्जा जनताले कहिले पाउँछन् ?’ 

काठमाडौं । सांसद सरिता प्रसाईंले झापादेखि सुनसरीसम्मका जनताले रेलवेमा परेको जग्गाको मुआब्जा कहिले पाउँछन् भन्दै सरकारलाई प्रश्न गरेकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसकी सांसद प्रसाईंले सरकारले बजेट ठूलो ल्याए पनि नागरिकका समस्या सम्बोधनको ठोस खाका नभएको बताइन् । 

“सभामुख महोदय यसपालि १८ खर्ब ६० अर्बको बजेट आएको छ । तर, झापादेखि इटहरीसम्म रेलमार्ग बनाउने भनेर जनताको जग्गा सरकारले अधिग्रहण गरेको छ । यसको मुआब्जा दिएको छैन,” प्रसाईंले भनिन्, “जनताले अब हाम्रो मुआब्जा दिने कि हाम्रो जग्गा फिर्ता गर्ने भनेर प्रश्न गरिरहेका छन् ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले कृषि प्रदान देशमा पशुपालत गरेर दुध बेचेका किसानले दुधको भुक्तानी समेत नपाएको लाजमर्दो अवस्था रहेको बताइन् । 

“कृषि प्रदान देश भनिएको छ । तर, कृषकले दुध उत्पादन गरेर बेचेको पैसा भुक्तानी पाउन सकेका छैनन्,” प्रसाईंले भनिन्, “यो पैसा कहिले भुक्तानी हुन्छ ? यसपालि भुक्तानी हुन्छ कि हुँदैन भनेर कृषकले सोधिरहेका छन् ।” 

उनले रेलवेमा जग्गा परेका कृषकले मुआब्जा नपाउने अनि दुध बेचेका कृषकले भुक्तानी नपाउने अवस्थाले ‘सुखी नेपाली समृद्ध नेपाल’ होइन  ‘समृद्ध सरकार दुःखी नेपाली’ भन्ने अवस्था नआओस् भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्