site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कोसीमा उद्योग, वाणिज्य र सहकारीतर्फ दुई अर्ब ६७ करोड विनियोजन

विराटनगर । कोसी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष उद्योग, वाणिज्य र सहकारीतर्फ दुई अर्ब ६७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार प्रदेशसभामा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरिएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्टार्ट अपतर्फ ब्याज अनुदान उपलब्ध गराउने, रैथाने सीप र स्थानीय पहिचान भएको अल्लोढाका क्षेत्र प्रवद्र्धनतर्फ एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी गराए ।

उद्योग, वाणिज्य र सेवा प्रशासन प्रणाली प्रभावकारी बनाउन अभिलेख डिजिटलाइज गर्ने, घरेलु मदिराको ‘ब्रान्डिङ’ गर्न अवाश्यक व्यवस्था मिलाउने, सहकारीको नियमन तथा व्यवस्थापन गर्न संयुक्त अनुगमन गर्दै सम्भाव्य जोखिम घटाउने सकारले नीति लिने मन्त्री मगरले बताए ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्