site stats
बाह्रखरी :: Baahrakhari
देश
नक्कली लाइसेन्स जारी गर्ने उपसचिवसहित पाँच कर्मचारी पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने कार्यमा संलग्न रहेको आरोपमा उपसचिवसहित पाँच कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख ४५ वर्षीय उपसचिव केशव अर्याल, यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा कार्यरत कम्प्युटर अधिकृत ३७ वर्षीय पदमराज आचार्य रहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैगरी, तत्कालीन समयमा यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत ३३ वर्षीय शाखा अधिकृत सुवास पौडेल, यातायात व्यवस्था कार्यालय चितवनमा कार्यरत ३० वर्षीय सहायक कम्प्युटर अपरेटर राजेश लम्शाल र यातायात व्यवस्था कार्यालय जनकपुरमा कार्यरत  सहायक कम्प्युटर अपरेटर ४७ वर्षीय दिलीपकुमार साह रहेका छन् ।

उनीहरूमाथि अनुसन्धान गर्न सीआईबीले अदालतबाट पाँच दिनको अनुमति पाएको छ ।

सीआईबीका अनुसार यातायात व्यवस्था कार्यालयहरूले सवारीचालक अनुमतिपत्र वितरण गर्दा यातायात व्यवस्था कार्यालयका कर्मचारीहरूसमेतको मिलेमतोमा प्रणालीमा फर्जी विवरणहरू इन्ट्री गरेर गैरकानुनी तवरले सवारीचालक अनुमतिपत्र जारी भएको पाइएको छ । यस कार्यमा उनीहरूको संलग्नता रहेको पाइएपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

उनीहरूमाथि लिखतसम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  २०:३५
प्रतिक्रिया दिनुहोस्