site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिटिजन्स बैंक र शुभ स्वस्तिक हस्पिटलबीच समझदारी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र शुभ स्वस्तिक हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले शुभ स्वस्तिक हस्पिटलका सेवामा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा कार्यालय, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ । 
 
 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्