site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सदनमा प्रचण्डले भने– प्रधानमन्त्रीको अवमूल्यन गरिएको हो ?
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा सांसदको उपस्थिति पातलो भएको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिएपछि उनले सदनमा प्रधानमन्त्री बोल्दा सबै सांसद उपस्थित हुने परम्परा रहेको स्मरण गरे । 

अनुपस्थित भएर प्रधानमन्त्रीलाई भन्दा पनि आफूले आफैँलाई अवमूल्यन गरेको ठहर हुने विश्वास व्यक्त गरे । “सदनको परम्परा, प्रचलन, गरिमा जे भने पनि प्रधानमन्त्रीले बोल्ने दिन सत्तापक्ष, प्रतिपक्षका पनि सबै नेताहरू, सबै माननीय सदस्यहरू, मन्त्रीहरू, आकस्मिकबाहेक सबै मन्त्रीहरू उपस्थित हुने प्रचलन नेपालको इतिहासमा स्थापित थियो । तर, क्रमशः त्यो पातलिन थालेको छ । यसले अमुक प्रधानमन्त्रीलाई अवमूल्यन गरेको पक्कै होइन होला,” प्रधानमन्त्रीले भने, “यो प्रक्रिया जारी रह्यो भने हामी सबैले आफू आफैँलाई अवमूल्यन गरेको ठहरिन्छ भन्ने विश्वाससहित बिदा हुन्छु ।” 

आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा ११ सांसदले प्रश्न सोधेका थिए । पछिल्लो समय सदनमा सांसद हाजिर लगाउँदै निस्कने गरेको पाइएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्