site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जीबी राईलाई पक्राउ गर्नुभन्दा स्टन्टबाजी बढी भयो : शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले जीबी राईलाई पक्राउ गर्नुभन्दा स्टन्टबाजी बढी भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले गृहमन्त्री रवि लामिछानेले व्यावसायिक साझेदार राईको ‘लोकेसन’ पत्ता लाग्यो भनेर राजपत्रमा प्रकाशित गर्नबाहेक बाँकी के छ र भन्दै मिडियामा बिस्कुन लगाइएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“लोकसेन पत्ता लाग्यो भनेर माइकबाट फुक्नु भनेको अभियुक्त पत्ता लगाउने नयाँ शैली हो कि केटाकेटीपन हो वा भगाउने नियत हो ?,” उनले प्रश्न गरे ।

उनले अगाडि भने, “जीबी राईको लोकसेन हैन, जीबी राई चाहिएको हो । लोकसेन पत्ता लागेको चार दिन भयो, लोकेसन पत्ता लागेपछि पनि चार दिन किन लाग्छ पक्राउ गर्न ?”

महामन्त्री शर्माले मलेसियाबाट राईलाई ल्याउन कुनै सुपुर्दगी सन्धि नचाहिने पनि बताए ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्