site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
खेल क्षेत्रलाई बजेटले उच्च प्राथमिकता दिएको छ : अर्थमन्त्री पुन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी वर्ष २०८१/८२ को बजेटले खेल क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पुनले आगामी वर्षको बजेटले खेललाई विशेष महत्त्व दिएको बताए ।

“स्रोत सुनिश्चित गरेका आयोजना र सिर्जित दायित्व भुक्तानी तथा आगामी वर्ष सम्पन्न हुने अधुरा आयोजनाका लागि आवश्यक रकम विनियोजन गरएको छ,” उनले भने, “साथै, खेलकुद मन्त्रालयलाई विगतको तुलनामा आगामी आर्थिक वर्षमा झन्डै २२ प्रतिशतले बजेट वृद्धि गरिएकाले खेल क्षेत्रलाई बजेटले उच्च महत्त्व दिएको जानकारी गराउन चाहान्छु ।”

राजस्व संकलनको लक्ष्य पनि सन्तुलन नै रहेको उनको भनाइ छ । उनले राजस्व संकलनको लक्ष्य पूरा हुनेमा पनि आफू ढुक्क रहेको बताए ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १८:०२
प्रतिक्रिया दिनुहोस्