site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गण्डकी प्रदेश : देवकोटालाई प्रदेशसभा बैठकमा जान सभामुखले रोके

पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले सांसद फणिन्द्र देवकोटालाई प्रदेशसभा बैठकमा जान रोकेका छन् । सर्वोच्च अदालतले पद थमौती गरिदिएपछि पनि नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद फणिन्द्र देवकोटालाई बिहीबारको प्रदेशसभा बैठकमा भाग लिन सभामुख धितालले रोकेका हुन् । 

माओवादी संसदीय दलको कारबाहीको आधारमा सभामुख धितालले गत जेठ ३२ गते देवकोटाको पद गएको पत्र प्रदेशसभामा वाचन गरेका थिए । त्यसको विरुद्ध देवकोटा सर्वोच्च पुगेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सर्वोच्चले गत सोमबार सभामुखले पद रिक्त भएको भनि प्रदेशसभामा वाचन गरेको निर्णय कार्यान्वयन नगर्न भन्दै देवकोटाको पद यथास्थितिमा रहने अन्तरिम आदेश गरेको थियो ।

सर्वोच्चले गत सोमबार सभामुखले पद रिक्त भएको भनि प्रदेशसभामा वाचन गरेको निर्णय कार्यान्वयन नगर्न भन्दै देवकोटाको पद यथास्थितिमा रहने अन्तरिम आदेश गरेको थियो ।

सर्वोच्चको आदेशपछि देवकोटा बिहीबारको प्रदेशसभा बैठकमा सहभागी हुन पुगेका थिए । तर, उनलाई सभामुखले बैठकमा सहभागी हुन दिएनन् । “म यही छु । भित्र बैठक चलिरहेको छ, म जान पाएको छैन, किन भन्ने जानकारी मलाई दिइएको छैन,” देवकोटाले भने ।

सर्वोच्च अदालतको पत्र आइसकेको अवस्थामा पनि उनलाई बैठकमा सहभागी हुन जाँदा मर्यादापालकले रोकेका हुन् । सचिवालय स्रोतका अनुसार सभामुख धितालले नै बैठकमा सहभागी नगराउनू भन्ने आदेशका कारण उनलाई रोकिएको हो ।

प्रदेशसभामा आजबाट बजेटको मन्त्रालयगत छलफल सुरु भएको छ ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्