site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बुद्ध एयरले भित्र्यायो एटीआर जहाज
फाइल तस्बिर ।

काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ एटीआर–७२ जहाज भित्र्याएको छ । योसँगै बुद्ध एयरसँग एटीआर–७२ विमानको संख्या १५ पुगेको छ । 

कम्पनीले कल साइन नाइन एन–एएनजेड विमान फ्रान्सबाट ल्याएको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जहाज आगमी साउन १ गतेदेखि व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए । उनका अनुसार साउनदेखि सुर्खेत र धनगढीमा अतिरिक्त उडानसँगै अरु गन्तव्यमा पनि विस्तार गरिनेछ ।
     
बुद्ध एयरसँग १५ थान एयरसँग एटीआर–७२ र तीन थान एटीआर ४२ जहाज रहेका छन् । हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता अनुरुप बुद्ध एयरले आफ्नो बेडमा नयाँ जहाज थप गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बुद्ध एयरका बजार निर्देशक जोशीले सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भई यात्रुको उडान सुविधालाई मध्यनजर गर्दै उडान तालिकालाई प्रभावकारी रुपमा सञ्चालन गरिने विश्वास व्यक्त गरे ।  

बुद्ध एयरले अहिले आन्तरिकतर्फ १५० भन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसीका लागि उडान भर्दै आएको छ । कम्पनीले पोखरा, चितवन, भैरहवा तथा नेपालगञ्जबाट पनि उडान भर्दै आएको छ । रासस

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्