site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पार्टी बैठक प्रत्यक्ष प्रसारण गर्न रास्वपा महामन्त्रीको माग 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठक लाइभ गर्न प्रस्ताव गरेका छन् । महामन्त्री ढकालले सभापति लामिछानेलाई ह्वाट्स्एपमा म्यासेज गरी बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेका छन् । तर, सभापति लामिछानेले भने स्वीकृत/अस्वीकृत नगरेको महामन्त्री ढकालले जानकारी दिएका छन् । 

रास्वपाले महामन्त्रीको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न आगामी बुधबार केन्द्रीय समितिकोे बैठक डाकेको छ । “बुधबारको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न सभापतिलाई आग्रह गरेको छु । हाम्रो अडिट जनताले गरुन्,” महामन्त्री ढकालले बाह्रखरीसँग भने, “बैठक लाइभ गर्ने वा नगर्ने सम्बन्धनमा सभापतिबाट जवाफ आइसकेको छैन ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महामन्त्री ढकालले ३९ जिल्लाको भ्रमणबाट फर्किएपछि तत्काल पार्टीमा सुधार नगर्ने हो भने पार्टी विवेकशीलको बाटो गएको समीक्षा प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनका संवेदनशील विषय सार्वजनिक गरेको भन्दै रास्वपामा महामन्त्रीलाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ ।

पार्टी सभापतिले महामन्त्री ढकाललाई स्पष्टीकरण सोधेको विषय सभापति निकट सहप्रवक्ता प्रतिभा रावलले सार्वजनिक गरेकी थिइन् । तर, महामन्त्री ढकालले भने आफूमाथि कुनै पनि स्पष्टीकरण नसोधिएको जानकारी दिएका छन् । 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्