site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लोकतन्त्रमाथि खतरा टरेको छैन : उपेन्द्र यादव
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रमाथि खतरा नटरेको बताएका छन् । लोकतन्त्रमाथि खतरा बाहिरबाट नभएर भित्रबाटै रहेको उनले टिप्पणी गरे ।

नेकपा (एकीकृत समाजवादी)को १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनका क्रममा आइतबार उनले लोकतान्त्रिक संस्था विस्तारै प्रभावहीन बन्दै गएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“एसईईको रिजल्टले शैक्षिकतन्त्र ध्वस्त भइसक्यो । राजनीति सरकारको लागि, सरकार जनताको सेवाका लागि भन्ने साबित हुन छाडिसक्यो,” उनले भने, “निर्वाचन आयोग, अख्तियारमा फलानो पार्टीको कार्यकर्ता ।”

उनले सम्बन्धित देशमा पुग्न नपाई राजदूत फिर्ता गरिएको भन्दै थपे, “कतिपय सुन्दै छु, मेनपावरका राजदूत भएर गए । कस्तो सन्देश जान्छ ? लोकतन्त्रमा खतरा भित्रबाटै छ ।”

उनले संविधान पुनरवलोकन, संशोधन र परिमार्जन गर्ने बेला भइसकेको बताए ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्