site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाका मन्त्रीले राजीनामा दिने, नयाँ गठबन्धनलाई समर्थन गर्ने
अशोक राई । फाइल तस्बिर ।

काठमाडौं । नयाँ सत्तासमीकरणका निम्ति नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ ।

वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिइने जसपाका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए । प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महासचिव राईले भने, “परिवर्तित राजनीतिक घटनाक्रमानुसार वर्तमान सरकार अल्पमतमा परिसकेकाले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न लगाएर नयाँ परिस्थितिअनुरूप पार्टी अगाडि बढ्नेछ । पदाधिकारी बैठक आजै साँझसम्म वा भोलि बिहान बस्नेछ ।”

जसपाका अध्यक्ष राई र नेता राजेन्द्र श्रेष्ठको कार्यव्यस्तताले आज साँझसम्म वा भोलि बिहान ७ बजे बैठक बसेर निर्णय गरिने जनाइएको छ । जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन् । रासस

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्