site stats
बाह्रखरी :: Baahrakhari
देश
कटहरिया नगरपालिकाका प्रमुख र उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश र उपप्रमुख रिता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले १२ लाख ५२ हजार ९४१ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अख्तियारले मुद्दा दायर गरेका अन्यमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख रामनरेशप्रसाद यादव, कार्यपालिका सदस्य समिशविक्रम शाह, कार्यपालिका सदस्य मनोजप्रसाद जैसवाल, इन्जिनियर मो. मकसुद आलम, बौद्धिमाई उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिलाकुमारी चौधरी र सचिव योगेन्द्र साह छन् ।

कटहरिया नगरपालिका–२ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आर्थिक वर्ष २०७८/०७९ मा टायल्सको कामका लागि रकम विनियोजन भएको थियो । स्वीकृत लागत अनुमान बमोजिम कार्य नगरी कमसल कार्य गरी अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा उनीहरूले भएको कामभन्दा १२ लाख ५२ हजार ९४१ रुपैयाँ बढी भुक्तानी गरेको पाइएको अख्तियारले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १७:३५
प्रतिक्रिया दिनुहोस्