site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीलाई मेयर बालेनको प्रश्न– ठूलो दुर्घटना कुर्दै बस्ने ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले केही घण्टाकै वर्षामा कतिपय बस्ती डुबानमा परेको भन्दै समस्या समाधानमा जोड दिएका छन् । खोला बस्तीमा पसेको नभएर आफ्नो बाटो खोजेको उनले उल्लेख गरेका छन् ।

शनिबार बेलुका उनले सामाजिक सञ्जालमा लेखेका छन्, “...आज एक दिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तस्बिरसहितको उक्त पोस्टमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको छ । “अनि ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सधैँ गरिरहने हो ?,” उनले प्रश्न गरेका छन् ।

मेयर बालेनले प्रभावित स्थानीयको उचित व्यवस्थापनमा समेत जोड दिएका छन् । “...तपाईंले पचाउन खोज्नुभएको गिरीबन्धुमा यस्ता १५,००० परिवार व्यवस्थापन हुनसक्छ,” उनले लेखेका छन्, “अब त प्रधानमन्त्री’नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुईतिहाइ बहुमतसहित । अब यो समस्याको समाधान गर्नुहुनेछ भन्ने आशा लिएको छु ।”

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  २१:२९
प्रतिक्रिया दिनुहोस्