site stats
बाह्रखरी :: Baahrakhari
खेल
ओलम्पिक तयारीबारे सदस्य–सचिव घिसिङको चासो

काठमाडौं । पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरूसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले तयारीबारे चासो राखेका छन् । उनले ओलम्पिकका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूको तयारी र सरकारका तर्फबाट गर्नुपर्ने कामका विषयमा छलफल गरेका हुन् ।

साउन ११ गते देखि २७ गतेसम्म आयोजना हुने ओलम्पिकमा नेपालका तर्फबाट सहभागी हुने सात खेलाडीमध्ये नेपालमै बन्द प्रशिक्षणमा रहेका खेलाडी तथा सम्बन्धित प्रशिक्षकहरूसँग भएको छलफलमा सदस्य–सचिव घिसिङले तयारीका लागि कुनै कमी हुन नदिने बताए । उनले खेल सामग्री, खेल पोसाक, प्रशिक्षणको तालिका सम्बन्धमा सदस्य–सचिवले चासो राखेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

देशले ठूलो आशा र भरोसा गरेको भन्दै खेलाडीहरूलाई उच्च मनोवलका साथ तयारी र प्रतिष्पर्धाका लागि सदस्य–सचिव घिसिङले सुझाव दिए । स्वास्थ्यलाई विशेष ख्याल गर्न सुझाव दिँदै सदस्य–सचिव घिसिङले उचित प्रबन्ध मिलाउन सम्बन्धित संघहरूलाई निर्देशनसमेत दिएका छन् ।

खेलाडीले आफुहरूलाई घरबाटै ट्रेनिङमा आउन सहज भएको भन्दै बन्द प्रशिक्षण निकै उपलब्धिमूलक भएको बताएका छन् । प्रशिक्षकहरूले खेलाडीहरूको प्रशिक्षण तालिम, खुराक, खेल सामग्री व्यवस्थापनका विषयमा जानकारी दिएका थिए ।

प्रशिक्षणमा रहेका खेलाडीहरूले बिहान–बेलुका दैनिक पाँच घण्टा बढी प्रशिक्षण गरिरहेको राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्टले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  २३:३२
प्रतिक्रिया दिनुहोस्